यात्रुबाहक बसमा लागुऔषध ओसारपसार गरिरहेका रंगेलीका सुमन भण्डारी पक्राउ

७ बैशाख २०७८, मंगलवार

 

यात्रुबाहक बसमा लागुऔषध लिएर काठमाडौं नाका छिरिरहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ८ का २६ वर्षीय सुमन भण्डारी छन्।

भण्डारीलाई नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी ना७ख ७७३० नम्बरको यात्रुबाहक बसमा आउँदैथिए।

बस विराटनगरबाट छुटेको थियो। बसबाट लागुऔषध डाइजेपाम, फनरागन, नुफिन ७४३ एम्पुल र नाइट्रोभेट ट्याबलेट १४३ थान बरामद भएको परिसरले जनाएको छ।

भण्डारीलाई हिरासतमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ।