Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

बीपीमा उपचाररत धनुषाका एक जना कोरोना सङ्क्रमितको मृत्यु

2021-04-26 02-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत धनुषाका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा। चूडामणि पोखरेलले दिएको जानकारी अनुसार जनकपुर ८ धनुषा बस्ने ४८ वर्षीय पुरुषको आज बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारका लागि वैशाख ९ गते भर्ना भएका उनलाई १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।


सम्बन्धित खबर