Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

माधव समूहले सर्वाेच्चकाे पनि साथ पाएन, अब ओली कि प्रचण्डकाे शरणमा ?

2021-04-26 07-04 | Hamro Biratnagar                  


A+ A A-

१३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का निलम्बित नेता माधवकुमार नेपाल समूहले सर्वाेच्च अदालतकाे साथ खाेजे पनि रित्तो हात हुनुपरेकाे छ ।

माधव नेपाल समूहका नेताहरुले दायर गरेकाे रिटमा साेमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलाशले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेकाे हाे ।

अदालतबाट ठूलै अपेक्षा गरेकाे साे समूह रित्ताे हात हुन पुगेकाे छ । खुलेआम भरतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिइरहेका माधव नेपाल समूहका नेतासँग अब जम्मा दुई विकल्प देखिन्छ ।

अब माधव नेपाल समूहसँग प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे शरणमा पर्ने वा प्रचण्डको शरणमा पर्ने भन्ने दुईमात्र विकल्प छन । पार्टी फुटाउन संख्या नपुगेपछि उनीहरु माथिका दुई मध्ये एक विकल्पमा जानुकाे अर्को कुनै छुट छैन ।

एमाले हाम्राे हाे भनेर ओलीसँग हिड्ने उनीहरुकाे उपयुक्त विकल्प हाे । यद्यपि एमाले नै समाप्त पार्ने भनेर लागेका उनीहरु एमालेमै सक्रिय हुने भन्दा पनि समूहगत रुपमा माओवादी केन्द्रका प्रवेश गर्न सक्ने सम्भावना छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय