Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

तत्कालको लागि आन्तरिक उडान नरोक्ने मन्त्रिपरिषद्को निर्णय

2021-04-27 10-04 | Hamro Biratnagar                  


A+ A A-

काठमाण्डौ : सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित नौ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘एक हप्तासम्म हेर्ने र अवस्थाको मूल्याङ्कन गरेर उडान जारी राख्ने या रोक्ने भन्ने निर्णय हुनेछ’ मन्त्री ज्ञवालीले भन्नुभयो । यसैबीच सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ ।

धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ र टिकट बाँकी रहेका गन्तव्यको भाडा उच्च बिन्दुमा पुगेको हो । बुद्ध एअरको बुधवारको धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ । नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ ।

आइतवारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय