Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम अभियान शुरु

2021-04-27 07-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १४ वैशाख । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवस्यक रहेकोमा जोड दिनुभयो । उहाँले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उहाँले बताउनुभयो । मन्त्री राईले सामाजिक चेतनाका लागि कोरोना नियन्त्रणको अभियान थालिएको बताउनुभयो । अभियानको शुरुवात गर्दै मन्त्री राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिनु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयले मोरंग बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ ।

जनचेतना मुलक अभियान शुरुगर्नु पुर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय