Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

रोल्पामा भीषण आगलागी हुँदा ५० घरगोठ जले

2021-04-28 11-04 | Hamro Biratnagar                  


A+ A A-

रोल्पामा आगलागीबाट ५० भन्दाबढी घरगोठ जलेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ घरगोठ जलेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीका अनुसार सामुदायिक वनबाट लागेको आगो गाउँमा पसेको हो ।

आगलागीबाट १२ गाइवस्तुसहित २० भन्दा बढी चौपाय, अन्न, लत्रता—कपडा सबै जलेका छन् । मानवीय क्षति भने नभएको उनले बताए ।

सामुदायिक वनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।

अझै आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए। आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर खटिरहेको बताइएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय