Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

मोबाइल चार्जमा राखेर फोन गर्दा करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु

2021-04-28 08-04 | Hamro Biratnagar                  


A+ A A-

१५ वैशाख, राजविराज । सप्तरीमा एक किशोरको मोबाइल चार्जमा लगाइ फोन गर्ने क्रममा मृत्यु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका-१ को तेतरिया बस्ने १६ वर्षीय रामु सदाईको बुधबार दिउँसो पौने २ बजे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

घरमा मोबाइल चार्जमा राखी फोन गर्ने क्रममा बायाँ हातको औंलामा करेन्ट लागि सदाय घाइते भएका थिए । उपचारको लागि अस्पताल लैजाँदै गर्दा सदायको बाटोमै मृत्यु भएको सप्तरीका डीएसपी एवम् सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय