Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

2021-04-29 12-04 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १६ वैशाख : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल कोभिड उपचार केन्द्रमा इटहरी–४ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बुधबारराति १०ः४० बजेतिर मृत्यु भएको विराट कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

देवका अनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केही दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो रिपोर्ट पोजिटिभ आएपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि मृतक महिलालाई कोसी कोभिड अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि फर्काएर विराटकै कोभिड अस्पतालमा ल्याइएको थियो । तर उपचारका लागि आइसोलेसनमा भर्ना गर्न नपाउँदै वृद्धा महिलाको मृत्यु भएको हो ।

त्यस्तै झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको बिहीबार बिहान ६ बजेतिर विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि ४ वैशाखमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय