Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

कोशी कोभिड अस्पतालको क्षमता विस्तार हुँदै, नागरिक केयर सेन्टर आजदेखि पुनः सञ्चालन

2021-04-30 03-04 | Hamro Biratnagar                  


A+ A A-

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगरमा तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । कोशी कोभिड अस्पतालसँगै निर्माण भएको नागरिक केयर सेन्टरको संचालनका लागि गरिएको निरीक्षणका क्रममा उनले कोभिड संक्रमितको संख्या बढ्दै गएको अवस्थामा निषेधाज्ञाको संभावना रहेको बताएका हुन् ।

विराटनगरमा शुरु भएको कोशी कोभिड अस्पतालको क्षमता विस्तार भएको छ । कोशी कोभिड अस्पतालसँगै रहेको नेशनल ट्रेडिङको गोदाममा संरचना निर्माण गरी प्रदेश सरकार र नागरिक समाजको समन्वयमा संरचना निर्माण गरिएको थियो । केयर सेन्टरमा ८३ वटा अक्सिजन बेड र २८ वटा भेन्टिलेटर छन् ।

नेसनल ट्रेडिङको दुई तले भवनमा ८० बेडको रहेपनि अक्सिजनसहितका ३२ बेडमात्रै सञ्चालनमा थियो । थपिएको सेवासँगै अक्सिजनसहितको बेड १३२ पुगेको छ । त्यस्तै भेन्टिलेटर २८ र नर्मल बेड ४८ सहित कोशी कोभिड(१९ उपचार केन्द्रमा अब २०८ बेड बनाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सेवा विस्तारसँगै सुविधा सम्पन्न अस्पतालमा कुनै खालको समस्या नहुने सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।


सम्बन्धित खबर