Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

भारतसँग जोडिएका २२ नाका सिल हुने, यस्ता छन सीसीएमसीका निर्णय

2021-04-30 09-04 | Hamro Biratnagar                  


A+ A A-

१७ वैशाख, काठमाडौँ । भारतसँग जोडिएका २२ नाका सिल हुने भएको छ । भारतसँग जोडिएको नाकाबाट धामाधम कोरोना संक्रमित भित्रिन थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले मन्त्रिपरिषद् समक्ष भारतसँग जोडिएका २२ नाका सिल गर्न सिफारिस गरेको हो ।

भारतसँग जोडिएका मुख्य ३५ नाका मध्ये २२ वटा बन्द गर्ने निर्णय भएको हो । ती नकाबाट मानिसहरूको ओहोरदोहर हुँदा कोरोना थप फैलिएको सीसीएमसीको निष्कर्ष रहेको छ । बैठकले बैंक तथा वित्तिय संस्थाहरुल एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्माण कार्यमा पनि सम्न्धित स्थानमै बस्ने व्यवस्था मिलाउने गरीमात्र काम गर्न दिने निर्णय भएको छ । कामदारहरुलाई निर्माणस्थल बाहिर निकाल्दा जोखिम थप बढ्ने सीसीएमसीको निष्कर्ण रहेको छ । बैठकले देशका महत्वपूर्ण सहरहरूमा लकडाउन गर्नुपर्ने प्रस्ताव पनि गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय