Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

विराटनगरमा ८१ सहित प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

2021-05-01 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ वैशाख । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २–२, बेलबारी , सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७–७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४–४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १–१, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९१७ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३८२ पुगेको छ । प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिबार कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सुनसरी र प्रदेश १ बाहिरका एक एक÷एक जना पुरुष रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९५ पुगेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय