Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

तीन दिनमा कोरोना संक्रमणबाट इनरुवामा आमा छोराको मृत्यु,महेन्द्रचोक क्षेत्र शिल

2021-05-01 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १८ वैशाख । तीन दिनको अवधिमा सुनसरीको इनरुवामा कोरोना संक्रमणबाट आमा छोराकै मृत्यु भएको छ । ८४ वर्षिया आमाको मृत्यु भएको तीन दिनमा शनिबार ६२ वर्षिय छोराको समेत संक्रमणबाट मृत्यु भएको छ ।

इनरुवा–३ घर भएकी ८४ वर्षिया वृद्धाको होम आइसोलेसनमै बसेको अवस्थामा केहि दिनअघि मृत्यु भएको थियो । संक्रमित छोराको भने उपचारको क्रममा कोभिड अस्पताल विराटनगरमा ज्यान गएको जिल्ला प्रशासन कार्यालय सुनसरी जनाएको छ ।

प्रशासनका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको प्रशासनले जनाएको छ । यसैबिच सुनसरी प्रशासनले महेन्द्रचोक क्षेत्र शिल गरेको छ । अर्को आदेश जारी नभएसम्मका लागि सो क्षेत्र शिल गरिएको जिप्रका सुनसरीले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय