Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

2021-05-02 10-05 | Hamro Biratnagar                  


A+ A A-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा आजबाट छलफल सुरू हुने तय भएको थियो ।

आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बस्दैछ । त्यसअघि एमाले संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठकमा सहभागी हुन जानुअघि पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।

एमाले संसदीय दलको बैठकमा पोखरेलले राजीनामा दिएको विषयमा ब्रिफिङ गरेका थिए । राजीनामा दिएपछि पोखरेलले संसदीय दलको बैठकमा प्रदेशसभाको ठूलो दलको हैसियतमा पुन: एमालेकै नेतृत्वमा सरकार बनाउने ब्रिफिङ गरेको स्रोतले बतायो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव आएपछि पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएका थिए । तर, जसपाले कारबाही गरेपछि मन्त्री बनेकाहरूको सांसद पद गुमेको थियो ।


सम्बन्धित खबर