Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट विराटनगरमा एक भारतीयसहित तीन जनाको मृत्यु

2021-05-02 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १९ वैशाख । विराटनगरका छुट्टा छुट्टै अस्पतालमा एक भारतीयसहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा एक भारतीय नागरिक, विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचारकेन्द्रमा सुनसरी र मोरङका एक÷एक बृद्ध महिलाको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालमा ३० वर्षीय पुरुष रहेका मृतक भारतीय नागरिकको आइतबार विहान सवा ७ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषको विराटनगरसँग सीमा जोडिएको भारतको जोगबनीमा घर रहेको अस्पतालले जनाएको छ ।

मृतक पुरुष जोगबनीबाट व्यापारको सिलसिलामा नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएको विराट शिक्ष्ण अस्पताल कोभिड–१९ उपचार केन्द्रका इन्चार्ज सुनिल देवले जानकारी दिए । कोरोना पुष्टि भएपछि उनलाई १० वैशाखमा उपचारका लागि भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

त्यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई १६ वैशाखमा उपचारका लागि अस्पताल भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए । सुचना अधिकारी राजवंशीका अनुसार शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो । मृतक सवैको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय