Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

एमालेकी सांसद विमला ओली माओवादीमा प्रवेश, मुख्यमन्त्री पोखरेलको गुम्यो बहुमत

2021-05-02 02-05 | Hamro Biratnagar                  


A+ A A-

लुम्बिनीमा एमालेकी सांसद विमला ओली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । ओली माओवादी केन्द्रमा प्रवेश गरेसँगै मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ ।

ओली माओवादी केन्द्रमा प्रवेश गरेको नेतृ तारा घर्तीले बताइन् । पोखरेलले आजै संसदको बहुमतप्राप्त दलको हैसियतमा शपथ लिने तयारी गरेका थिए । अब भने ठूलो दलको हैसियतमा शपथ लिनुपर्नेछ । लुम्बिनी प्रदेशसभामा ८१ सदस्य कायम छन् । त्यसमा बहुमतका लागि ४१ सिट आवश्यक पर्छ ।

एमालेको ४१ सिट भए पनि ओली माओवादी केन्द्रमा प्रवेश गरेपछि ४० सिट कायम भएको छ । त्यसैले पोखरेल अब अल्पमतको सरकारको नेतृत्व गर्नुपर्नेछ । उनले एक महिनाभित्र विश्वासको मत लिँदै बहुमत प्रमाणित गर्नुपर्नेछ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय