Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराटनगर महानगरको न्यायीक समितिमा १५४ वटा मुद्धा दर्ता

2021-05-02 09-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १९ वैशाख : विराटगर महानगरपालिका अन्र्तगत न्यायिक समितिमा आर्थिक वर्ष २०७६/२०७७ देखि हाल सम्ममा १ सय ५४ वटा मुद्दा दर्ता भएको छन् ।

न्यायिक समितिमा महिला हिंसा, पुरुष हिंसा र जग्गा किचलो लगायतका १ सय ५४ वटा मुद्दाहरु दर्ताभएका हुन् । न्यायिक समितिमा बढी मात्रामा जग्गा किचोलोका मुद्दाहरु आउने गरेको उपमेयर इन्दिरा कार्कीले बताउनुभयो । समितिले अधिकांश मुद्दा मध्ये १ सय ३ वटा मुद्दा फैसला गरिसकेकी उपमेयर कार्कीले बताउनुभयो ।

दर्ता भएका अधिकांश मुद्दा मध्ये ७० प्रतिशत जग्गा किचलोको मुद्दा फैसला गरेसकेको बताउनुभयो । जसमध्ये १५ वटा मुद्दा जिल्ला आदालत मोरङमा पठाएको र अरु मुद्दा मेलमिलापको माध्यमबाट फैसला गरेको उहाँले जनाउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई आधार मानेर न्यायिक समिति विराटनगर महानगरपालिकाले महिला हिंसा, पुरुष हिंसा र जग्गा किचलो लगायतका मुद्दाहरु फैसला गर्दै आइरहेको उपमेयर कार्कीले जानकारी दिनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय