Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक व्यक्ति पक्राउ

2021-05-02 09-05 | Hamro Biratnagar                  


A+ A A-

झापाको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् ।

पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका–८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए । घर छेउको बाटो नजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए ।

त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ । बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुन सक्ने डिएसपी थापाले बताउनुभयो । ’पीडित बालकका परिवारले अहिलेसम्म प्रहरीलाई लिखित जाहेरी नदिएकोले कारबाही प्रक्रिया अघि बढ्न नसकेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर