Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

राजश्व विभागका महानिर्देशक भन्छनः निषेधाज्ञा भए पनि डिजिटल प्रणालीमार्फत् कर बुझाउनुहोस्

2021-05-02 11-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं, १९ वैशाख । सरकारले निषेधाज्ञाबीच पनि डिजिटल माध्यमबाट कर भुक्तानी गर्न आग्रह गरेको छ । निषेधाज्ञा भएका क्षेत्रका करदातालाई डिजिटल भुक्तानीमार्फत् नै भएपनि कर तिर्न सक्ने भएकाले सरकारलाई राजश्व संकलनमा समस्या नहुने आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । हाल ५६ वटा जिल्लामा कर कार्यालय बिस्तार भइसकेको र अधिकांश कार्यालयमा बैंक काउन्टर समेत भएको जानकारी दिँदै उनले त्यहाँको सेवालाई दोस्रो चरणको निषेधाज्ञाले कुनै पनि किसिमको असर नपर्ने बताए ।

कर तिर्नका लागि धेरै प्रविधिको विकास भएको भन्दै उनले एनसीएचएलमार्फत् एक पटकमा १० लाख रुपैयाँसम्म कर तिर्न सकिन बताए । ‘एक दिनमा १० लाख रुपैयाँ कर तिर्नुपर्ने करदाताहरु हाम्रोमा कमै छन् भने त्योभन्दा बढी तिर्न पर्दा २÷३ वटा ट्रान्ज्याक्सन गरी सजिलै कर तिर्न सकिन्छ,’ उनले भने ।

डिजिटल प्रविधिको प्रयोग गरी ३० लाख रुपैयाँसम्म कर तिर्न सकिने र साना करदाताहरुलाई समेत सबै स्थानको कर कार्यालयमा भिडभाड नगराइ बैंकका कर्मचारीसँग समन्वय गराई कर तिर्ने वातावरण मिलाइएको उनको भनाइ छ ।

कर तिर्नका लागि करदाता कर कार्यालय नै आउनु पर्ने स्थिती अहिले नरहेको हुँदा निषेधाज्ञाले कर भुक्तानीमा कुनै समस्या नहुने हुँदा कर भुक्तानीको समय नसारिने उनको भनाइ छ ।

विभागले राजश्व संकलनलाई शतप्रतिशत नै डिजिटल प्रविधिमा लैजाने तयारी गरिरहेको र आगामी वर्षदेखि विभागका अधिकांश सेवा डिजिटल प्रविधिमार्फत् नै प्रवाह गरिने उनले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय