Close
Hamro Biratnagar Media Network
19 Jun 2021५ असार २०७८, शनिबार

विराटनगर महानगरले कोरोना परिक्षणका लागि तीन ठाउँबाट स्वाब संकलन गर्ने

2021-05-02 11-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, १९ वैशाख । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले विभिन्न तीन स्थानबाट कोरोना परिक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सूचना जारी गर्दै सोमबारदेखि तीन ठाउँबाट स्वाब संकलन गरिने जानकारी दिए ।

सोमबारदेखि महानगरपालिकाका वडा नं. १, २, ३,४ र १९ नं वडाका लागि वडा नं १ स्थित पुरानो दमकल कार्यालयमा स्वाब सङ्कलन हुनेछ । त्यसैगरी यसैगरी, ५, ६, ७, ८, ९ र १० नं वडाका लागि वडा नं ७ स्थित आदर्श स्कुलको विज्ञान संकायको भवनमा र ११, १२, १३, १४, १५, १६, १७ र १८ नं वडाका लागि वडा नं १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानीमा स्वाब सङ्कलन हुने महानगरको सुचनामा उल्लेख छ ।


सम्बन्धित खबर