Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

2021-05-03 10-05 | Hamro Biratnagar                  


A+ A A-

२० वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘निदहराम’ गराउने निर्णयमा पुगेको छ । न्वारनदेखिको बल लगाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ सत्ताबाट सडकमा ल्याउने प्रचण्डको योजना तुहाउने संकेत जसपाले दिएको छ ।

प्रधानमन्त्रीले वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरे लगत्तै जसपाले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीलाइ जसपाले विश्वासको मत दिएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी समय पनि सरकारको नेतृत्व गर्नुहुनेछ ।

जसपा कार्यकारिणी समिति सदस्य केशव झाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा स्पष्टै रहेको बताउनुभयो । उहाँले जसपाको माग सरकारे पूरा गरिरहेको र बाँकी माग पनि पूरा हुने भएकाले प्रधानमन्त्रीलाइ विश्वासको मत दिने प्रष्ट पार्नुभयो ।

झाले केही दिनमै पार्टी बैठक बसेरै यस विषयमा छलफल गरेर ठोस निर्णय दिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले केही समयअघि जसपाले उठाउँदै आएको मुद्दा फिर्ता माग मन्त्रिपरिषद् बैठकबाटै सम्बोधन गरिसक्नुभएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले समेत सार्वजनिक रूपमै आफ्ना माग सम्बोधन भएकाले सरकारलाई समर्थन गर्न सकिने प्रतिक्रिया व्यक्त गर्दै आउनुभएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय