Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

नोवेलमा उपचाररत उदयपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

2021-05-03 05-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : उदयपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत चौदण्डिगढी नगरपालिका ५ का ५५ बर्षिय पुरुषको सोमबार कोरोना भाइरसबाट मृत्यु भएको हो ।

बैशाख १८ गते रुघाखोकी लगायत अन्य समस्या देखिएपछि विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका लागि पुगेका उनलाई उपचार गर्नुअघि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताए । विरामीको आईसोलेसनमा राखी उपचार गरिएकोमा सोमबार बिहान मृत्यु भएको उनले पुष्टि गरे ।

उनको शव सोमबार विरामी सँगै रहेका परिवारका सदस्यले त्रियुगा नदीमा व्यवस्थापन गरेको परिवारले जनाएको छ । यो सँगै कोरोना भाइरसबाट उदयपुरमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि त्रिनपा ६ का ३३ बर्षिया युवतीको मृत्यु भएको थियो । यसैविच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या ४५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार सोमबार ६ जनामा एन्टिजेनबाट परीक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको छ ।

आईतबार १५ जनामा परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको उनले बताए । कार्यालयले आईतबार र सोमबार जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयका ७७ जनाको पिसीआर प्रविधिबाट परीक्षणका लागि स्वाव संकलन गरी प्रादेशिक अस्पताल विराटनगरमा पठाएको जनाएको छ । कोरोना भाइरस निको भएकाको संख्या हालसम्म दुई जना रहेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय