Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

2021-05-04 09-05 | Hamro Biratnagar                  


A+ A A-

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले ट्विटरमार्फत जानकारी दिएका छन् ।

 

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् ।

कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ।

बिल गेट्सले सन् १९७०को दशकमा माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए। मेलिन्डाले सन् १९८७ मा माइक्रोसफ्टमा प्रोडक्ट म्यानेजरको रूपमा काम सुरू गरेकी थिइन्। त्यसपछि प्रेममा परेको यो जोडीले सन् १९८४ विवाह गरेको थियो।

यसअघि अमेजनका मालिक अर्बपति जेफ बेजोसले पनि आफ्नी पत्नीसँग सम्बन्धविच्छेद गरेका थिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय