Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

रतुवामाईमा मृत फेला परेकी महिलाको शवको पहिचान खुल्यो, बलात्कारपछि हत्या गरिएको आशंका

2021-05-05 10-05 | Hamro Biratnagar                  


A+ A A-

रतुवामाई : मोरङमा आइतबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ।

रतुवामाई नगरपालिका–४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन भएको खुलेको हो।

पोस्मार्टममा राखिएको शव मृतकका बाबु धनबहादुर सोरेन छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

‘शव भेटिएको महिलाको दुई दिनपछि पहिचान भएको छ,’ डिएसी राईले भने, ‘घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ।’

महिलाको शरिरमा चोटपटक लागेको र बलत्कारपछि हत्या गरेको प्रहरीको आशंका छ। ‘अहिले अनुसन्धान गर्दै आएका छौ,’ डिएसपी राईले भने, ‘पोस्मार्टम रिपोर्टपछि थप विषय खुल्नेछ।’

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको थियो। प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको डिएसपी राईले बताए।

यस सम्बन्धी थप अनुसन्धान गरिरहेको उनले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय सिजुवासहित मोरङ प्रहरीका सादा पोशाकका प्रहरी टोली परिचालन गरेर सुक्ष्म रूपमा अनुसन्धना सुरू गरिएको छ।

मृत अवस्थामा भेटिएकी सरिता कानेपोखरी–२ स्थित योगेन्द्र थापाको गाई फार्ममा काम गर्दै आएकी थिइन्।

शनिबार बिहान विवाहमा जान्छु भनेर फर्मबाट हिंडेकी थिइन्। विवाहमा जान्छु भनेर हिंडेकी सरिताको भोलिपल्ट मकैबारीमा अर्धनग्न अवस्थामा शव भेटिएको थियो। रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे शव फेला परेको हो। घाँस काट्न गएको बेलामा महिलाको लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सरिता विवाहित हुन्। उनको श्रीमान्को मृत्यु भइसकेको छ। उनको १८ वर्षीय एक छोरा छन्।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय