Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

एनआईसी एसिया बैंक विराटनगर शाखाको लुटः महामारीमा छुट गर्नुको साटो उल्टै चर्को ब्याज असुल्दै

2021-05-05 02-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २२ वैशाख । ऋणीबाट एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा पनि चर्को ब्याज असुल्ने गरेको पाइएको छ । एनआईसी एसिया बैंकले कोरोना महामारीकै बेला पनि लघुवित्त भन्दा पनि चर्को ब्याज असुल गर्ने पाइएको हो । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको हो ।

सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनविपपरीत बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटेको छ ।

कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् । एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै एक ऋणीलाई पत्राचार गरेको छ ।

बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो ।

अहिले लघुवित्तहरुले नै १४ देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्ने गरेका छन् । महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई आतंकित बनाएको ऋणी बताउँछन् ।

एनआईसी एसिया बैंकको विराटनगर शाखाले विराटनगर–१३ का एक जना ऋणिलाई व्याजदर परिवर्तन गरेको पत्र पठाएपछि बैंकको चर्को व्याज अशुलीको पर्दाफास भएको हो ।

हेर्नुहोस बैंकको पत्र


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय