Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्दै पसल सञ्चालन गर्ने व्यापारीहरुलाई धमाधम पक्राउ गर्दै प्रहरी

2021-05-05 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २२ वैशाख । निषेधाज्ञा उल्लंघन गरी कुदाइएका सवारीसाधनका र नियमविपरीत खोलिएका पसलहरुका व्यापारीलाई प्रहरीले विराटनगरबाट धमाधम नियन्त्रणमा लिन थालेको छ ।

निषेधाज्ञाको समयमा विना कारण पसल खोलेको भन्दै प्रहरीले सातघुम्ती मोडबाट एक इलेक्ट्रोनिक पसलका साहुसहित दुईजना कामदारलाई नियन्त्रणमा लिएको छ । निशेधाज्ञाको समयमा बारम्बार पसल बन्द गर्न आग्रह गरेपनि अटेर गरि खोलेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरमा निषेधाज्ञा जारी गरिए पनि यहाँ लुकिछुपी पसल सञ्चालन गर्नेहरूको कमि छैन् । प्रहरीको आँखा छल्दै व्यापार गरिरहेका छन् यहाँका व्यापारीहरु ।

हिजो नियन्त्रणमा लिइएका व्यापारीहरुलाईलाई केहि घन्टा रोकेर आइन्दा निशेधाज्ञाको समयमा पसल नखोल्ने शर्त सहित छाडिएको थियोे ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय