Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

असार १७ पछि कतारमा पुरानो नोट नचल्ने

2021-05-05 06-05 | Hamro Biratnagar                  


A+ A A-

कतारमा आउँदो असार १७ गतेपछि पुरानो संस्करणकाे कतारी नोट नचल्ने भएको छ ।

कतारको केन्द्रीय बैंकले पाँचौँ संस्करणको नयाँ कतारी रियाल बैंक नोटहरू प्रचलनमा ल्याएको कारण अहिले प्रचलनमा रहेको चौथौँ संस्करणको पुराना कतारी रियाल आउँदो असार १७ गतेपछि चल्ने छैन ।

पुराना नोट सटही या उपयोग गर्न कतारमा कार्यरत सबै नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।  आफूसँग भएका चौथौँ संस्करणको पुराना नोटहरू १ जुलाई अर्थात् आउँदो असार १७ भित्र उपयोग गर्न या नयाँ संस्करणको नोट साट्न सकिने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय