Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माणको काम अन्तिम चरणमा

2021-05-05 07-05 | Hamro Biratnagar                  


A+ A A-

इटहरी : इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो ।

इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा हुने छ । खानपानको ब्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन संचालनमा ल्याइने उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो । आइसोलेसनमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ । ।

कोभिड संक्रमण वढदै गएको वेला इटहरी उपमहानगरले इटहरीका नीजि अस्पतालहरुसँग कोभिड उपचारका लागि पाँच वेड छुटयाउने विषयमा छलफल गरेको छ ।

इटहरीमा १५ वेड सम्म संचालन भएका अस्पतालहरु सँग छलफल गरिएको हो । छलफलमा कोभिड संक्रमणको जोखिम पूर्ण परिस्थितिलाई मिलेर सामना गर्न पाँच शैया कोभिड उपचारमा छुटयाउन उपमहानगरले गरेको प्रस्तावमा नीजि अस्पतालहरु सकारात्मक देखिएका छन ।

ब्यवस्थापकहरु बिच आन्तरिक छलफल गरेर अर्को वैठकमा निर्णय दिइने नीजि अस्पताल संचालकहरुले वताएको उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो । नीजि अस्पतालमा छुटटै फिवर क्लिनिक राखेर अन्य विरामी र कोभिडका विरामीलाई सुरक्षित साथ उपचार गराउन तयारीमा लाग्न उपमहानगरले नीजि अस्पताल सँग प्रस्ताव गरेको हो ।

छलफलमा इटहरीको सामुदायिक,मेदान्त,एपेक्स र पशुपति मोडल अस्पतालका संचालकको सहभागिता थियो । यसैबिच इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीमा रहेका अक्सिजन उद्योगहरुको अनुगमन गरिएको छ । इटहरीका दुईवटा अक्सिजन उद्योगको अनुगमन पछि उपप्रमुख गौतमले इटहरीमा अक्सिजनको अभाव नहुने वताउनुभएको छ ।


सम्बन्धित खबर