Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

उपत्यकामा विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने

2021-05-06 08-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्ने पाउने जनाएको हो ।

जारी सूचनामा मृत्यु संस्कार लागि जानुपर्ने वा फर्किनुपर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने जनाइएको छ ।

त्यस्तै सुरक्षा गार्डहरूले भने परिचयपत्र र पोशाक लगाएर ड्युटी आवतजावत गर्न पाउने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयले दोश्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय