Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

नेपाली युवा उद्यमी मञ्च विराटनगरको पहिलो लर्निङ सेसन सम्पन्न

2021-05-06 05-05 | Hamro Biratnagar                  


A+ A A-

नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नयाँ कार्यसमितिले कार्यकालको पहिलो लर्निङ सेसन नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणासँग सम्पन्न गरेको छ ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाका कारण अनलाइन जुममार्फत भएको अन्तरक्रियामा महासंघकी निवर्तमान अध्यक्ष राणाले उद्योग व्यवसायमा आफ्नो यात्रा र अनुभव साट्नु भएको थियो । नेतृत्वमा महिला सहभागिता शीर्षकमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राणाले दृढ इच्छाशक्ति र इमान्दारिता भए आफूले देखेको सपना पूरा गर्न असम्भवन नहुने उल्लेख गर्नुभयो ।

राणाले युवा उद्यमीहरुलाई विश्वस्तभएर काम गर्न र राम्रा कामको अनुशरण गरिरहन सुझावसमेत दिनुभयो । निवर्तमान अध्यक्ष राणाले कोभिडको महामारीले अर्थव्यवस्था र दैनिक जीवनयापनमा नराम्रो प्रभाव परेको भन्दै सरकारले यसबारेमा सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजको समयमा स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि युवाहरुलाई सुझाव दिनुभयो ।

युवा उद्यमीमञ्चले गरेको सिजनको पहिलो लर्निङ सेसनबाट युवाहरुमा सकारात्मक विचार र हौसला बढाएको मञ्चका सञ्चार संयोजक रितेश खनालले बताउनुभयो । कार्यक्रममा नेपालभरका एकसय भन्दा बढी युवाउद्यमी तथा व्यवसायीहरुको सहभागिता थियो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय