Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

रतुवामाईमा अत्यावश्यक बाहेकका बजार पसल बन्द हुने

2021-05-06 05-05 | Hamro Biratnagar                  


A+ A A-

रतुवामाई, २३ बैशाख । कोरोना भाईरसको नयाँ भेरियन्ट सहितको संक्रमणको जोखिम बढ्दै गएपछि आज राती १२ बजेदेखी मोरङको रतुवामाईमा थप कडाई गरिएको छ ।

नगरपालिका कार्यालयमा आज बसेको नगर स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितीको बैठकले अत्यावश्यक बाहेकका बजार पसल बन्द गर्ने निर्णय गरेको छ ।

खाद्यबस्तु लगायत निर्माण सामाग्रीका पसलहरु भने स्वास्थ्य मापदण्डको पालना गर्दै दिउँसो १२ बजेसम्म खुल्ल पाउने भएका छन् । यसको अनुगमन तथा पालना गराउन सुरक्षाकर्मी खटिनेछन् । यस्तै भारतसँगको सिमा क्षेत्रमा थप कडाई गरी स्थलमार्गबाट आवागमन निषेध गर्ने निर्णय गरेको छ । बैठकले अर्को निर्णय नभएसम्म नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय समेत गरेको नगरपालिकाले जनाएको छ ।

बैठकले नगरपालिका भित्र रहेका बैँक तथा बित्तिय संस्थाहरुले मध्यान्न १२ बजेसम्म मात्र सेवा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले पिसिआर र एन्टिजेन परीक्षणलाई तिब्रता दिनुका साथै क्वारेन्टाईन र आईसोलेसन व्यवस्थापनलाई अघि बढाउने पनि निर्णय गरेको छ ।


सम्बन्धित खबर