Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

निषेधाज्ञा उल्लंघन गर्ने विराटनगरका ८ व्यापारी प्रहरीको नियन्त्रणमा

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने विराटनगरका व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि मोरङ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञामा अटेर गर्दै पसल सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपि मान बहादुर राईका अनुसार निषेधाज्ञाको समयमा पसल खोल्ने ८ जना व्यापारीलाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेका व्यापारीहरुलाई कानुन बमोजिम कारबाही गरिने पनि राईले जानकारी दिए।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय