Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

विराट समाजद्वारा आर्थिक अभावका कारण दाहसंस्कार गर्न समस्यामा परेका परिवारलाई सहयोग

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : आर्थिक अभावका कारण आफन्तको दाहसंस्कारमा समस्या झेल्दै आएका विपन्न परिवारलाई विराट समाज विराटनगरले सहयोग गरेको छ ।

आर्थिक अभावकै कारण दाहसंस्कारका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न नसक्ने परिवारलाई समाजले सहयोग दिन सुरु गरेको हो । केही समय अघि समाजले पत्रकार सम्मेलन गरेर आर्थिक अभावका कारण दाहसंस्कार गर्न समस्या भएका परिवारलाई सहयोगको घोषणा गरेको थियो ।

यसै क्रममा आज विराटनगर–६ की ७० वर्षीय गोलवतीदेवी रामको दाहसंस्कारका लागि आफन्तलाई सहयोग गरेको छ । विराटनगर–५ स्थित डेरा गरेर बस्दै आएकी गोलवतीको आर्थिक अवस्था दययनीय रहेका कारण दाहसंस्कार गर्न समस्या भएपछि समाजले कफनसहित ७ हजार रुपैयाँ नगद सहयोग गरेको छ । मृतक राम विराटनगरस्थित काली मन्दिर अगाडी भीख मागेर जीविकोपार्जन गर्दै आइरहेकी थिइन् । उनको दुई छोरा र एउटी छोरी छिन् । उनीहरु पनि अरुको घरमा काम गरेर जिविको पार्जन गर्दै आइरहेका छन् । आर्थिक अभावका कारण मृतक रामको शव नउठेको खबर पाएपछि सहयोग गरेको समाजका अध्यक्ष अक्षेय सहनीले बताउनुभयो ।

उहाँले रामको दाहसंस्कार गर्न समाजमा आबद्ध युवाहरुबाट संकलन गरिएको रकमले प्रदान गरिएको बताउनुभयो । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतकसमेत रहनु भएका संस्थाका संरक्षक केदार कार्कीले समेत सहयोग गरेको अध्यक्ष सहनीले जानकारी दिनुभयो । संस्थाका सदस्य र संरक्षकबाट सहयोग उठाएर मृतककोे काजकिरियाका लागि थप सहयोग गर्ने समाजका सचिव सञ्जय मण्डलले जानकारी दिनुभयो । आर्थिक अभावका कारण दाहसंस्कारका लागि समस्यामा परेकाहरुलाई कफन, दाउरासहित आवश्यक पर्ने सम्पूर्ण सामग्री समाजले सहयोग गर्दै आएको सहसचिव अमृत साहले बताउनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय