Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

झापामा आजदेखि निषेधाज्ञा थप कडा पारिँदै

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

पूर्वी नेपालको झापा जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा पारिएको छ ।

निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ । भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो ।

तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यराती १२ सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले यातायातमा जोर बिजोर प्रणाली हटाउँदै निर्माण सामग्रीसहित अत्यावश्यकबाहेकका सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाएको छ ।

खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायहरू बिहान ६ देखि बिहान १० बजेसम्म सञ्चालन गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ बजे देखि बिहान १० बजे सम्म सञ्चालन गर्ने, अन्य पसल तथा व्यवसाय पूर्ण रूपमा बन्द गराइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय