Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङमा निषेधाज्ञा उल्लंघन गर्ने ५८२ सवारी साधन नियन्त्रणमा, ५८२०० जरिवान तिराइयो

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा उल्लंघन गरी मास्क नलगाई हिडडुल गर्ने ४५ जना र ५८२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलँदै गएपछि मोरङ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञामा अटेर गर्दै हिँडडुल गर्ने ४५ जनालाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै निषेधाज्ञाको उलंघन गरी चलाइएको ५८२ सवारीसाधनहरु पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरुबाट ५८२०० जरिवान लिएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय