Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

आइसोलेसन निर्माणका लागि काँग्रेस सुनसरीले दियो पार्टीको भवन

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

नेपाली काँग्रेस सुनसरीले आइसोलेसन संचालनको लागि पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा लगाएको छ ।

सुनसरी काँग्रेसले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन वा आवश्यक्ता अनुसार अन्य प्रयोजनमा प्रयोगमा ल्याउने गरी नगरपालिकाको कार्यालयलाई जिम्मा दिएको हो । जिल्ला सभापति समेत रहनु भएका प्र्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यक्ता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनु भयो ।

यसैबीच इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफ्ुले प्रयोग गर्दै आएको सरकारी गाडी नगरवासीको उपचारार्थ प्रयोजनमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने हुनु भएको छ ।

मेहताले एम्बुलेन्स अभावको अवस्था आए आफुले प्रयोग गर्दै आएको गाडी नगरवासीको हकमा प्रगोग गर्न दिने गरी बन्दोवस्ती मिलाइएको बताउनु भयो । यसैबिच बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले समेत आफुले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्सको प्रयोजनमा प्रयोग गर्न दिने हुनु भएको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार नगर प्रमुख र प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको गाडी नगरवासीको सेवामा प्रयोगमा ल्याइने छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय