Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

बेलबारी नगर क्षेत्रका भिडभाड हुने व्यवसायहरू अनिश्चितकालका लागि बन्द

2021-05-06 07-05 | Hamro Biratnagar                  


A+ A A-

कोरोनाको जोखिमलाई कम गर्ने उद्देश्यले बेलबारी नगरपालिकाले नगरक्षेत्र भित्रका सैलुन, जिमखाना, ब्युटिपार्लर लगायतका भिडभाड हुने व्यवसायहरू अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कारोना महामारीको जोखिम बढ्दै जानथालेपछि बुधबार नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै विवाह, व्रतबन्ध सभा सम्मेलन, खेलकुद लगायतका अन्य सामाजिक कार्यहरूमा १५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

आजबाट सम्पूर्ण पसल व्यवसायहरू भने बिहान पाँच बजेदेखि साँझ ७ बजे सम्म मात्र चल्न पाउने छन् । नगरपालिकाले यसको नियमित अनुगमन गर्नेसमेत नगरप्रमुख सुवेदीले जानकारी दिनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय