Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

नक्कली रेम्डेसिभिर बिक्री गर्ने गिरोहका दुई जना विराटनगरबाट पक्राउ

2021-05-07 04-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : विराटनगरमा नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना सङ्क्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सन प्रयोग गरिँदै आएको छ । गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गर्ने गिरोहका दुई जनालाई शुक्रबार मोरङ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार दुई जनालाई नोबेल मेडिकल कलेज अगाडिबाट पक्राउ गरिएको हो । नोबेलअगाडीबाट सोनु आलम र सरवण यादवलाई पक्राउ परेका हुन् । आलम नोबेलअगाडि साथी फार्मेसी सञ्चालन गर्छन् । यादव उनको फार्मेसीमा काम गर्ने कामदार हुन् ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी भएकाले बाँकी विषय केही समयपछि खुल्ने प्रहरी उपरीक्षक खड्काले बताए । प्रहरी स्रोतका अनुसार रेम्डेसिभिर र स्टासेफको बोतलको आकार मिल्छ । बोतलको आकार मिल्ने भएकाले स्टिकर परिवर्तन गर्दै बिक्री गरेको पाइएको हो ।


सम्बन्धित खबर