Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

सुलभ तरिकाले अक्सिजनको आपूर्तिमा लाग्न विनायक अक्सिजन इण्डष्ट्रीजको अपिल

2021-05-07 09-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : तीव्र रुपमा फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरको भाइरसका कारण संक्रमित विरामीहरुलाई अक्सिजनको आवश्यकता परिरहने भएकाले सुलभ तरिकाले अक्सिजनको आपूर्ति मा लाग्न विनायक अक्सिजन इण्डष्ट्रीजले व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विनायक अक्सिजन इण्डष्ट्रीजका सञ्चालक अमित शारदाका अनुसार खाली सिलिन्डरहरुमा अक्सिजन रिफिल गरेर विभिन्न अस्पताल मेडिकल सेन्टर र अक्सिजन चाहिएका बिरामी कहाँ आपूर्ति गरिनेछ ।

त्यस्तै खाली रहेका सिलिन्डर भए सम्बन्धित अक्सिजन उद्योगलाई यथाशिघ्र फिर्ता गर्न पनि विनायक अक्सिजनले अपिल गरेको छ ।

यस्तो विषम परिस्थितिमा नागरिकको जीवन बचाउनका लागि सबै निकाय र सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने इण्डष्ट्रीजको भनाई छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय