Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

विराटनगरबाट लगुऔषधसहित दुई जना पक्राउ

2021-05-08 11-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ वैशाख । विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । भारतको जोगबनीबाट लागुऔषध लिएर आउदै गरेका सुनसरीको इटहरी–४ संगीत चोकका २४ वर्षीय असिम बस्नेत र इटहरी–५ कलंकी चोकका ३२ वर्षीय पोष्टकुमार विश्वकर्मालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले नेपाल–भारत सीमानजिक विराटनगर महानगरपालिका–१६ मुसहरी टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । भारतबाट नेपालतिर आउँदै गरेको अवस्थामा उनीहरु दुवै जना बिहीबार पक्राउ परेका हुन् ।

को २५ प २५५५ नम्बरको स्कुटरमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा स्कुटरको पछाडि सवार रहेका विश्वकर्माको शरीरबाट लागुऔषध बरामद भएको थियो । पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध डाइजेल्याब, लुपिजेसिक, फेनारगन र एभिल ३०÷३० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर