Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट तेह्रथुमकी युवतीको मृत्यु

2021-05-08 12-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ वैशाख । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । शनिबार विहान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तेह्रथुमको पञ्चकन्या–१ की २० वर्षीया युवतीको मृत्यु भएको हो ।

१७ वैशाखमा अस्पताल भर्ना गरिएकी उनमा १९ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय