Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

विराटनगरमा आज १८७ संक्रमित थपिए, कुन वडामा कति ?

2021-05-08 06-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २५ वैशाख । विराटनगर महानगरपालिकाका आज १८७ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगर महानगरपको वडा नं. १ मा ६ पुरुष १० महिला, वडा नं. २ मा ३ पुरुष ६ महिला, ३ नं. वडामा २१ पुरुष १६ महिला, वडा नं. ४ मा ५ पुरुष ६ महिला र वडा नं. ५ मा ८ पुरुष ६ महिलामा संक्रमण देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

त्यसैगरी वडा नं. ६ मा ८ पुरुष ३ महिला, वडा नं. ७ मा ३ पुरुष ४ महिला, ८ नं. वडामा २ पुरुष ४ महिला, ९ नं. वडामा १० पुरुष ५ महिला, १० नं. वडामा १२ महिला ६ पुरुष, वडा नं. ११ मा ४ महिला ४ पुरुष, वडा नं. १२ मा ८ पुरुष ३ महिला, १३ र १४ नं. वडामा १–१ पुरुष र १५ नं. वडामा २ महिला र एक पुरुषमा संक्रमण देखिएको विराटनगर महानगरपालिकाका कोभिज संयोजक हैदर अलीले जानकारी दिए ।

त्यसैगरी वडा नं. १६ मा १ महिला १ पुरुष, १७ नं. वडामा १ पुरुषमा संक्रमण देखिएको छ भने वडा नं. १८ मा आज कसैमा पनि संक्रमण नदेखिएको महानगरको तथ्यांकमा उल्लेख छ । विराटनगरको वडा नं. १ पुरुष २ महिला र वडा नखुलेका ६ पुरुष ७ महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको कोभिड संयोजक अलीले जानकारी दिए । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या दुई हजार सात सय ३४ पुगेको छ ।


सम्बन्धित खबर