Close
Hamro Biratnagar Media Network
20 Jun 2021६ असार २०७८, आईतवार

वीर अस्पतालकोनयाँ भवनमा ५०० शय्याको कोरोना अस्पताल बनाउने सरकारको निर्णय

2021-05-08 09-05 | Hamro Biratnagar                  


A+ A A-

सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो तयारी गरेको सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

उनले भने, 'सरकार जनताको जीवनरक्षाप्रति प्रतिबद्ध छ । वीर अस्पतालबाहेक अन्यत्र पनि कसरी पूर्वाधार विस्तार गर्न सकिन्छ भन्नेबारे छलफल मन्त्रिपरिषदमा भयो । विस्तृत निर्णय पछि आउँछ ।'

केही दिनअघि कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)ले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।


सम्बन्धित खबर