Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

मोरङमा आइतबार बिहान चार जना कोरोना संक्रमितको मृत्यु

2021-05-09 10-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : मोरङमा आइतबार बिहान चार कोरोना संक्रमितको मृत्यु भएको छ। नोबेल शिक्षण अस्पताल विराटनगरमा एक महिलासहित तीनजना र विराट शिक्षण अस्पताल बुढीगंगामा एक महिलाको मृत्यु भएको हो।

नोबेलमा सुनसरीको धरान १७ का ६६ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै संक्रमित पुरुषको बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका १ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। नोबेलका प्रबन्धक दाहालका अनुसार बिहान साढे ३ बजेतिर वृद्ध पुरुषको मृत्यु भयो।

सिरहाको कल्यापुर ४ की ३८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि वैशाख २५ गते उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो। उनको मृत्यु बिहान ७ बजेतिर भएको उनले बताए।

विराटमा उपचाररत सुनसरीको इटहरी ८ की ५४ वर्षीया महिलाको बिहान १ः२० बजेतिर मृत्यु भएको छ। विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि महिलालाई वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय