Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

ओलीलाई बिदा गर्नुको विकल्प छैन : प्रचण्ड

2021-05-09 07-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

अखिल भारत नेपाली एकता समाजले गरेको कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नालायकी र प्रतिगमनतर्फको कदमका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताउनुभएको हो ।

‘यो सरकार कोरोना नियन्त्रणमा मात्रै नालायक भएको होइन देशमा राजनीतिक निकास दिन समेत नालायक बनिसकेको छ । निरन्तर प्रतिगमनको यात्रातर्फ अघि बढेको ओली नेतृत्वको सरकार विस्थापन नै समाधान हो,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन आफूले निरन्तर विपक्षी गठबन्धनसँग छलफल गरिरहेको समेत उहाँले बताउनुभयो । सोमबार विश्वासको मत ओलीले नपाउने र नयाँ सरकार गठन हुने उहाँले ठोकुवा गर्नुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय