Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मोरङमा निषेधाज्ञा उल्लंघन गर्ने तीन हजार बढी सवारी साधन कारवाहीमा

2021-05-09 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : निषेधाज्ञा सुरु भएयता मोरङमा ३ हजार बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

गएको एकसातामा निषेधाज्ञा उल्लंघनगरि कुदाइएका ३ हजार ६० वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

आज २ बजेसम्मको प्रहरीको तथ्यांकअनुसार सो अवधिमा सबभन्दा बढी १ हजार ८ सय ९३ वटा मोटरसाइकल कारबाहीमा परेको छ । यसैगरी सिटी सफारी ५ सय ७९,अटो २ सय ७०, कारजीप १ सय ६० र ३० वटा बसहरुसमेत ट्राफिक प्रहरीको कारबाहीमा परेको छ ।

यस्तै ट्रयाक्टर ८४ वटा, माइक्रो ८ र ३६ वटा ट्रिपर तथा ट्रकसमेत कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । निषेधाज्ञाको पहिलो तीनचार दिनसम्म सम्झाईबुझाई गरि छाड्ने गरिएकोमा पछिल्लो समय जरिवानासमेत गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले बताउनुयो ।

हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ३१ वटा सवारीसाधनलाई होल्ड गराउनुका साथै प्रति सवारीसाधन १ सय रुपैयाँले जरिवानासमेत गराइएको उहाँले बताउनुभयो । यसरी जरिवाना बापत हालसम्म १ लाख ३ हजार १ सय रुपैया राजस्व संकलन भएको खड्काले जानकारी दिनुभयो ।

प्रदेश राजधानी विराटनगर महानगरपालिका मात्र नभई केहि दिनयता जिल्लाका अन्य स्थानमा समेत निषेधाज्ञालाई परिपालना गराउन कडाई गर्न थालिएको जिल्ला ट्राफिकले जनाएको छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय