Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

मुल्य बढाएर सेनिटाइजर बेच्ने मोरङका तीन फार्मेसीलाई २ लाख २५ हजार जरिवाना

2021-05-09 08-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर, २६ बैशाख : मोरङको विराटनगर महानगरपालिका–२ का दुईवटा र बुढिगंगा गाउँपालिकाको एउटा फार्मेसीलाई मास्क र सेनिटाइजर कालोबजारी गरेको आरोपमा दुई लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा भएको अनुगमनमा बुढीगंगा–२ स्थित विज्ञान फार्मेसीले मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको रब क्लिन ब्रान्डको १२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरेको र १०६ प्रतिशत मुल्य बढाएर १ सय ६५ रुपैयाँमा बिक्री गरेको पाइएपछि तत्कालै दुईलाख रुपैयाँ गरिएको हो ।

खरिद मुल्यभन्दा अत्याधिक मुल्यमा सेनिटाइजर बिक्री गरी अस्वभाविक नाफा आर्जन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ (ख) बमोजिम तत्कालै २ लाख रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

फार्मेसीले मास्क, सेनिटाइजर लगायतका वस्तु खरिद गरेको बिल बिजक दुरुस्त नराखेको भन्दै कार्यालयले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जाानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङका प्रतिनिधिको समेतको सहभागीतामा गरिएको अनुगमनका क्रममा विराटनगर–२ को यश फार्मेसी र बिनुका फार्मेसीलाई क्रमशः ५ हजार र २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय