Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

समाजसेवी कार्कीले रतुवामाईमा निः शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने

2021-05-09 09-05 | Hamro Biratnagar                  


A+ A A-

विराटनगर : कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउनका लागि अहिने नेपालमा एम्बुलेन्सको हाहाकार छ । कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गएपछि कोरोनाका बिरामीसँगै अन्य रोगका बिरामीलाई अस्पताल पुर्‍याउन भनेको समयमा एम्बुलेन्स पाउन निकै मुस्किल पर्छ ।

यही समस्यालाई मध्यनजर गर्दै मोरङको रतुवामाई नगरपालिकाका बिरामी नागरिकलाई अस्पतालसम्म लैजान–ल्याउनका युवा समाजसेवी कृष्ण कार्कीले निः शुल्क एम्बुलेन्स प्रदान गरेका छन्।

कोरोना महामारीका बेला बिरामीहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्यसम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले नगरबासीको जनसेवामा निः शुल्क एम्बुलेन्स सेवा प्रदान गरेको उनले बताए ।

माहमारीमा नागरिकलाई सुरक्षित राख्न सक्नु मुख्य चुनौती भएकाले कोभिडविरुद्धको लडाईमा नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आफूले यस्तो निर्णय लिएको कार्कीले बताए।

ग्रामीण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुविधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या रहेकाले उनीहरुलाई राहत पुगोस् भनेर निः शुल्क एम्बुलेन्स सञ्चालन गर्न लागिएको कार्कीले बताए।

कार्की लामो समयदेखि जापानमा बसेर नेपालमा समाजसेवा गरिरहेका छन् । कार्कीकै सहयोगमा केही दिन अघि रतुवामाईमा ५ हजारभन्दा बढी मास्क वितरण भएको थियो । गत वर्षको कोरोना कहरमा पनि कार्कीले निः शुल्क एम्बुलेन्स सेवा प्रदान गरेका थिए ।

निः शुल्क एम्बुलेन्स सेवाका लागि यी (9816309285/9827349026) नम्बरहरुमा सम्पर्क गर्न कार्कीले आग्रह गरेका छन् ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय