Close
Hamro Biratnagar Media Network
16 Jun 2021२ असार २०७८, बुधबार

झलनाथ खनाल कोरोना सङ्क्रमणमुक्त, केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने

2021-05-10 09-05 | Hamro Biratnagar                  


A+ A A-

काठमाडौँ, २७ वैशाख : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ । सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय