Close
Hamro Biratnagar Media Network
14 Jun 2021३१ जेष्ठ २०७८, सोमबार

माधव समूहले राजीनामा नदिने, विश्वासको मतदानमा अनुपस्थित हुने

2021-05-10 12-05 | Hamro Biratnagar                  


A+ A A-

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

सिंहदरबारमा बसेको नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाल समूहका सांसदहरु अनुपस्थित हुनेछन् ।

उनले तत्काल सांसदहरुले राजीनामा नदिने पनि बताए । सांसदबाट राजीनामा दिने निर्णयबाट पछि हट्नु भएको हो भन्ने प्रश्नमा नेता रावलले भने, ‘हामी पछि फर्किएका छैनौँ । प्रधानमन्त्रीले विश्वासको मत मागेकाले मत नदिँदा नै पर्याप्त हुन्छ भनेर हामी अनुपस्थित हुने निर्णय गरेका हौँ ।’

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नहुने र प्रधानमन्त्रीबाट ओली हट्नुपर्छ भन्ने निष्कर्ष निकालेको रावलले बताए ।

माधव समूहका सांसदले राजीनामा नदिँदा वैकल्पिक सरकार निर्माणको बाटो साँघुरिएको छ । अब कांग्रेसको नेतृत्वमा सरकार निर्माणका निम्ति जनता समाजवादी पार्टीका सम्पूर्ण सांसदले साथ दिनुपर्नेछ ।

६१ सिट रहेको कांग्रेस, ४८ सिट रहेको माओवादी केन्द्र र ३२ सिट रहेको जसपाको मत जोड्दा १ सय ४१ मत पुग्छ । बहुमतको सरकार बनाउनका निम्ति १ सय ३६ मतको आवश्यक पर्छ ।

गठबन्धन सरकार गठन हुने परिस्थिति फेल भए राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको संसदीय दलको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक प्रावधान छ ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय