Close
Hamro Biratnagar Media Network
17 Jun 2021३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट मोरङ व्यापार संघका कार्यकारीणी सदस्य सुनिल टिवडेवालाको मृत्यु

2021-05-10 01-05 | Hamro Biratnagar                  


A+ A A-

बिराटनगर, २७ बैशाख । कोरोना संक्रमणबाट मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको मृत्यु भएको छ । विराटनगरस्थित विराट अस्पतालमा उपचाररत ४५ वर्षीय टिवडेवालाको उपचारकै क्रममा सोमबार मृत्यू भएको हो ।

उनलाई संक्रमण पुष्टि भएको एकसाताभन्दा बढि भएको थियो । संक्रमणपछि विरामी परेका उनको स्वास्थ्यमा बिचमा राम्रो सुधार समेत देखिएको थियो । तर उपचारकै क्रममा सोमबार विहान करीव ४ बजे उनको मृत्यु भएको जनाइएको छ ।

युवा उद्यमि टिवडेवालाले हाइटेक कार्पेट र एसटी फेब्रिक्स कार्पेट गरी दुई कार्पेट उद्योग सञ्चालन गर्दै आएका थिए । साथै उनले नवीन डिस्टिब्युटर्स नामबाट देशभरि इलेक्ट्रोनिक सामग्रीको कारोबार पनि गर्दै आएका थिए ।


सम्बन्धित खबर


ताजा समाचार
लोकप्रिय